२२ असार २०८३, सोमबार

बसको ठक्करबाट घाइते आमा–छोराको मृत्यु

असार २६, २०८१
बुटवल
बसको ठक्करबाट घाइते आमा–छोराको मृत्यु

रुपन्देहीमा गत साता यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ का आमा–छोराको मृत्यु भएको छ ।

गम्भीर घाइते आमा–छोरा रुपा खत्री र प्रिन्सको उपचारका क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले बुधवार जनाएको छ । 

रुपा र उनका छोरा प्रिन्सलाई लु२ख ६८८८ नम्बरको माइक्रो बसले असार २१ गते जानकीनगरमा ठक्कर दिएको थियो । 

तिलोत्तमा नगरपालिका वडा नम्बर ३ जानकीनगरस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा बाटो पार गर्दै गरेका उनीहरूलाई बसले ठक्कर दिएको हो ।

३० वर्षीया रुपा र ३ वर्षीय छोरा प्रिन्स तिलोत्तमामा डेरा गरी बस्दै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्