२० असार २०८३, शनिबार

एटीएम मशिन तोडफोड गरेको आरोपमा बूढानीलकण्ठबाट २ जना पक्राउ​

असार २६, २०८१
काठमाडौं
एटीएम मशिन तोडफोड गरेको आरोपमा बूढानीलकण्ठबाट २ जना पक्राउ​
फाइल तस्वीर

माछापुच्छ्रे बैंक​को एटीएम मशिन तोडफोड गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बूढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ छन् । 

उनीहरूलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटिीएम मशिन तोडफोड गरेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार एटीएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्