२२ असार २०८३, सोमबार

मौवाखोलामा पहिरोः पृथ्वी राजमार्ग अवरुद्ध

असार २७, २०८१
काठमाडौं
मौवाखोलामा पहिरोः पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध भएको छ । 

बिहीवार बिहान सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम गरिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । 

पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताइन् । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । 

सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा शुरू भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्