
बेइजिङ – चिनियाँ राष्ट्रपति शी जिनपिंगका राजनैतिक विचारधारा छिट्टै चीनका विद्यालयमा सामेल हुने भएको छ । विश्लेषकले यसलाई परिवर्तनकारी नेताको भूमिका निभाउन सहयोग हुने विश्वास व्यक्त गरेका छन् । साथै उनीहरुले राष्ट्रपतिको छवि उच्च हुन र विद्यार्थीमा राष्ट्रवाद बढाउन मद्दत पुग्नेछ ।
चिनियाँ मिडियाको खबर अनुसार शिक्षा मन्त्री चेन बाओशेंगले भनेका छन्, ‘सत्तारुढ कम्युनिस्ट पार्टी अफ चाइनाको नेशनल कांग्रेसको शुरुआतमै पेश गरेको नयाँ विचारधारा देशभरका पाठ्यक्रममा सामेल हुनेछ ।’ साथै शिक्षामन्त्रीले किताबको माध्यमबाट छात्रछात्राको दिमागमा पुग्नेछ पनि भनेका छन् । खबर अनुसार उनको विचारधारा पाँच वा छ कक्षामा पढाइनेछ ।