२२ असार २०८३, सोमबार

लन्डनमा नयाँ प्रदुषण कर लागु, थोत्रा गाडी चलाउनेले बढी शुल्क तिर्नुपर्ने

कात्तिक २०, २०७४
लन्डनमा नयाँ प्रदुषण कर लागु, थोत्रा गाडी चलाउनेले बढी शुल्क तिर्नुपर्ने

युरोपको सर्वाधिक प्रदुषित शहरमध्ये लण्डनमा अधिक प्रदुषण हुने वाहन (गाडी) चलाउने ड्राइभरले प्रत्येक दिन अतिरिक्त कर तिर्नुपर्नेछ । गुणस्तरीयतालाई सुधार गर्ने उद्देश्यले यस्तो खालको नियम लागु गरिएको हो ।

लण्डनका मेयर सादिक खानले फेब्रुअरीमा १० पाउन्ड तिर्नुपर्ने घोषणा गरेका थिए । युरोपीय संघले वायु प्रदुषणलाई कटौती गर्न भनेको थियो ।

साखिक खानले एक भनाइमा मेयर हुनुको नाताले लन्डनमा विषालु हावालाई सफा गर्न मद्दत गर्न तत्कालै कारवाही गर्ने प्रतिवद्धता गरेको बताए ।

अतिरिक्त चार्ज पर्यावरण अनुकूल यूरो ४ उत्सर्जन आउनुभन्दा पहिले नै पंजीकृत हुने सबै पेट्रोल र डिजेल लाग्ने गाडीमा लागू हुनेछ । लन्डनमा जनस्वास्थ्यको लाजमर्दो हालत भएको छ । वायु प्रदुषणले गर्दा हजारौं व्यक्तिको समयभन्दा पहिले मृत्यु भइरहेको छ ।

ईयुका अनुसार वातावरणमा नाइट्रोजन डाइअक्साइडको स्तर धेरै उच्च हुनाले २०१३ मा युरोपमा ७० हजार व्यक्तिको समयभन्दा पहिले नै मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्