१९ असार २०८३, शुक्रबार
बस बेपत्ता अपडेट

बस खसेको ५० किमी तल नारायणी नदीमा एक व्यक्तिको शव भेटियो

असार २९, २०८१
काठमाडौं
बस खसेको ५० किमी तल नारायणी नदीमा एक व्यक्तिको शव भेटियो
फाइल तस्वीर ।

चितवनको भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ ।

दुईवटा बस खसेकोभन्दा करिब ५० किलोमिटर तल नारायणी नदीमा शनिवार दिउँसाे उक्त शव भेटिएको हो । शव पुरुषको रहेको बताइएको छ । 

उक्त शव त्रिशूलीमा खसेका बसका यात्रुको हो–होइन यकिन गर्ने काम भइरहेको सशस्त्र प्रहरी बलमा प्रवक्ता डीएसपी शैलेन्द्र थापाले लोकान्तरलाई जानकारी दिए । 

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराेले त्रिशूलीमा बगाएको थियो ।

दुई बसमा सवार ४८ यात्रु हराइरहेका छन् । खोजी कार्य जारी छ । 


 
 

salt training

कमेन्ट गर्नुहोस्