
बाँकेमा हुन्डी कारोबारमा संलग्न ४ जना पक्राउ परेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका- १२ बेलासपुरबाट हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका- १८ बस्ने २९ वर्षीय राजेश भुजु श्रेष्ठ, सोही उपमहानगरपालिका- ३ बस्ने २५ वर्षीय सोयबकादरी हलवाई, कोहलपुर नगरपालिका- ७ बस्ने २९ वर्षीय निमबहादुर बोहरा र नेपालगन्ज उपमहानगरपालिका- ३ बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका- ७ घर भएका ३० वर्षीय राहुल देवल रहेका छन् ।
बेलासपुरस्थित नविल रेफ्रिजिरेटर एन्ड एयर कन्डिशन वर्कसप नामको टीभी-फ्रिज मर्मत गर्ने पसलमा हुन्डी कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त पसलबाट २४ लाख ६२ हजार ३ सय १५ रूपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।