
तनहुँमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भीमाद नगरपालिका- ८ राङरुङका ३० वर्षीय वीरेन्द्र परियार छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
परियारले ती बालिकालाई मंगलबार दिउँसो सोही नगरपालिका- ८ अर्चलेस्थित मकै बारीमा लगेर करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।
सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भीमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।