३० जेठ २०८३, शनिबार

शपथपछि कांग्रेसका ९ मन्त्री पुगे पार्टी कार्यालय

असार ३१, २०८१
काठमाडौं
शपथपछि कांग्रेसका ९ मन्त्री पुगे पार्टी कार्यालय

शीतलनिवासमा मन्त्री पदको शपथ ग्रहणपछि नेपाली कांग्रेसका ९ जना मन्त्री केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

शपथपछि पार्टीका संस्थापक बीपी कोइरालाको प्रतिमामा माल्यार्पणका लागि ९ जना मन्त्री सोमबार केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । 

बीपीको प्रतिमामा माल्यार्पण गरेपछि ९ जना नै मन्त्री पदभार ग्रहण गर्न सिंहदरबार पुगेका हुन् । 

कांग्रेसबाट प्रकाशमान सिंह उपप्रधान एवं शहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानून, बद्रि पाण्डे पर्यटन, प्रदीप पौडेल स्वास्थ्य, तेजुलाल चौधरी खेलकुद, रामनाथ अधिकारी कृषि, दीपक खड्का उर्जा र ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन् । 

१० मध्ये ९ जना मन्त्री सानेपा पुगेका हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल भने पदभार ग्रहण गर्न रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्