२५ जेठ २०८३, सोमबार

चन्दा सङ्कलन गरेर गाउँमा एम्बुलेन्स सञ्चालन

असार ३१, २०८१
लमजुङ
चन्दा सङ्कलन गरेर गाउँमा एम्बुलेन्स सञ्चालन
फाइल फोटो

लमजुङमा चन्दा सङ्कलन गरेर एम्बुलेन्स सञ्चालन गरिएको छ ।​​

राइनास नगरपालिका–२ स्थित लालीगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १ झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । ​

क्लबका अध्यक्ष एवं राइनास–२ का वडाध्यक्ष लक्ष्मण शाहीले चन्दा सङ्कलन गरेर उठेको रकमबाट गाउँमा एम्बुलेन्स सेवा शुरू गरिएको बताए ।

एम्बुलेन्स खरिद गर्दा रु २० लाख १० हजार खर्च भएको बताउँदै एम्बुलेन्समा बत्तीसहित अन्य उपकरण जडान गर्दा रु चार लाख ३० हजार उनले जानकारी दिए ।

'स्थानीयसमेत रहनुभएका सगरमाथा आरोही शाहीको पहलमा अमेरिका निवासी एरिड हाइपियसले १५ हजार अमेरिकी डलर सहयोग गर्नुभएको छ । क्लबले विभिन्न व्यक्तिबाट चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरेका छौं,' वडाध्यक्ष शाहीले भने ।

रु २४ लाख ४० लाख खर्च भएको जनाउँदै रु २३ लाख सङ्कलन भएकामा बाँकी रकम स्थानीय नरेन्द्र शाहीले पछि क्लबबाट लिने गरी उपलब्ध गराउनुभएको उनले बताए ।​

भलायखर्क स्वास्थ्य चौकीको नामबाट एम्बुलेन्स खरिद गरेको क्लबले जनाएको छ ।

एम्बुलेन्स चालकका लागि सरोज भुजेललाई मासिक रु १५ हजार, एम्बुलेन्स चालक सुविधासहित रोजगारी दिइएको वडाध्यक्ष शाहीले बताए ।

गाउँमा एम्बुलेन्स सञ्चालनमा आएपछि गम्भीर बिरामी पर्दा समयमै स्वास्थ्य चौकी तथा अस्पतालसम्म लैजानलाई सहज भएको स्थानीय बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्