२२ असार २०८३, सोमबार

पदभार ग्रहण गर्दै गृहमन्त्री लेखकले भने- इमान्दार भएर काम गर्छु

असार ३१, २०८१
काठमाडौं
पदभार ग्रहण गर्दै गृहमन्त्री लेखकले भने- इमान्दार भएर काम गर्छु

गृहमन्त्री रमेश लेखकले मन्त्रालय पदभारको ग्रहण गरेका छन् ।

उनले आफ्ना लागि गृह मन्त्रालय कार्यप्रकृति र क्षेत्राधिकार फरक रहेको बताए । आफूले मन्त्रीका रूपमा काम गर्दा इमान्दारसँग काम गर्ने बताए ।

‘अहिले सरकारको प्राथमिकता भनेको राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, अर्थतन्त्रलाई क्रियाशील एवं चलायमान बनाएर माथि उकास्ने र संविधानको समीक्षा गर्ने नै हो,’ लेखकले भने,‘ प्राकृतिक प्रकोपका कारणले जनधनको क्षति भएको छ, त्यसलाई उचित ढंगले सम्बोधन गर्ने कुरा नै सबैभन्दा प्राथमिकता र उच्चतम महत्त्व दिएर काम गर्ने क्षेत्र हो ।’

उनले देशमा विधिको शासन, शान्ति व्यवस्था र  अपराध नियन्त्रणमा आफू केन्द्रित रहने बताए ।

लेखकले गृह मन्त्रालयको विषयमा सूक्ष्म मूल्यांकन गरी सुधार गर्नुपर्ने कुरा औंल्याउन सञ्चारकर्मीसँग आग्रह गरे ।

इमान्दारीपूर्वक र निष्ठापूर्वक काम गर्ने उनको प्रतिबद्धता थियो ।

salt training

कमेन्ट गर्नुहोस्