२५ जेठ २०८३, सोमबार

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

असार ३१, २०८१
काठमाडौं
२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

 २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा नासो गाउँपालिका-५ थोचे बस्ने बाग्लुङ निसिखोला गाउँपालिका-५ घर भएका ४० वर्षीय तेजेन्द्र बिक रहेकाे प्रहरीले जनाएको छ । 
बिकले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धारापानी र जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।     
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्