२२ असार २०८३, सोमबार
रंगेहात पक्राउ

४ लाख १२ हजार घुस रकम र ५० लाख ६० हजारको चेकसहित २ जना अख्तियारको फन्दामा

साउन १, २०८१
कैलाली
४ लाख १२ हजार घुस रकम र ५० लाख ६० हजारको चेकसहित २ जना अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार रुपैयाँ घुस रकम र ५० लाख ६० हजार रुपैयाँको चेकसहित दुई जनालाई पक्राउ गरेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारको टोलीले सोमबार निमन्त्रणमा लिएको हो  । 

धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको हो । 

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार सेवाग्राहीबाट नगद चार लाख बाह्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरू सो रकमसहित पक्राउ परेका छन् ।

यस्तै उनीहरुको साथबाट पैतालीस लाख साठी हजारको ५ थान चेक र अशोकसिंह धामीको नाममा काटिएको पाँच लाखको चेकसहित कुल ५० लाख ६० हजारको चेक बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्