३१ असार २०८३, बुधबार

पर्यावरण संरक्षणको सन्देश दिन ‘बुटवल कोरा साइकलिङ च्यालेन्ज’

साउन ३, २०८१
बुटवल
पर्यावरण संरक्षणको सन्देश दिन ‘बुटवल कोरा साइकलिङ च्यालेन्ज’

पर्यावरण संरक्षणको सन्देश दिन बुटवलमा 'बुटवल कोरा साइकलिङ च्यालेन्ज' हुने भएको छ । बुटवल साइकलिङ ग्रुपले आउँदो शनिबार च्यालेन्ज आयोजना गरेको हो । 

कुनै पवित्र उद्देश्यका साथ स्थानीय स्तरमा रहेका धार्मिक पर्यटकीय स्थलहरूको दाहिने पारेर गोलाकार रूपमा साइकलमा एक फन्को लगाउने कार्यलाई कोरा साइकलिङ भनिन्छ । 

सोहीअनुसार आगामी शनिवार बुटवल मणिमुकुन्द कलेजबाट शुरू भई श्रृंगेश्वरधाम, योगिकुटी, मिलनचोक, हिलपार्क, चरङगे, धागोकारखाना, योगीकुटी तपाहा, शंकरनगर बनबाटिका, मणिग्राम, फर्साटिकर, नरेनापुर मन्दिर, ढवाह पिसपार्क, जितगढी किल्ला, जलबिनायक मन्दिर, दुर्गामन्दिर, गोलपार्क, ट्राफिकचोक, कालिकापथ हुँदै पुनः मणिमुकुन्द कलेजसम्मको ५० किलोमिटरको दुरी तय गरिएको ग्रुपका अध्यक्ष शिव चौधरीले बताए ।  

साइकलिङ संघ लुम्बिनीका अध्यक्ष स्वस्तिक श्रेष्ठले कोरा पर्यटन र पर्यावरणमैत्री खेल भएकोले सबैलाई सहभागी हुन आग्रह गरे ।

उनले पछिल्लो समय शहरमा ‘साइकल चलाऔं स्वास्थ्य र पर्यावरण जोगाऔं’ भन्ने नारासहित कोरा गर्दै आएकोले यसलाई निरन्तरता दिँदै जानुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्