
चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२९ मा पर्ने भतेरीमा नारायणघाटबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल बोकेको ट्याङ्करको पछाडि ठोकिएको हो ।
दुर्घटनामा बसमा सवार १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार घाइतेलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको छ र
घाइतेमध्ये एक जना गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ ।