२२ असार २०८३, सोमबार

‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण

साउन ५, २०८१
काठमाडौं
‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण

लेखक तारादेवी सुनुवारको अनुभूति–निबन्ध सङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण गरिएको छ ।​

नियात्राकार प्रतीक ढकाल, साहित्यकार मोमिला, कवि डा. नवराज लम्साल र समालोचक डा. अशोक थापालगायतले आज आयोजित समारोहमा उक्त कृति लोकार्पण गरेका हुन् ।

मुलुकमा सशस्त्र युद्धपछि कल्पना गरिएको रोल्पा जिल्लामा जति रुपान्तरण हुनुपर्ने थियो त्यति नभएको बरु युद्धको स्मृति दिलाउने रोग, भोक, गरिबी र समस्याबाट अझ ग्रसित भएको विम्ब पुस्तकमा समेटिएको छ ।

लेखकले रोल्पाबाटै किन माओवादीले दश वर्षे जनयुद्धको जग बसालेको होला भन्ने प्रश्न गर्दै अहिले युद्ध बैठान भइसक्दा समेत के साँच्चै रोल्पाली जनता खुसी छन् त भनी प्रतिप्रश्न गरेकी छिन् ।

रोल्पालाई फन्को मार्दा लेखकले समुदायमा देखेको, भोगेको, सुनेको विषयवस्तु समेटिएको कृतिमा त्यहाँका महिलालाई युद्धले गराएको परिवर्तन, चेतनाको स्तरसमेत वर्णन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्