२२ असार २०८३, सोमबार

सय बालबालिकालाई पोशाक वितरण

कात्तिक २०, २०७४
सय बालबालिकालाई पोशाक वितरण

 

पाल्पा, ९ कात्तिक (रासस) ः माथागढी गाउँपालिका–३, कसेनीभित्रका आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । 

माथागढी गाउँपालिका–३ नं ले वडा कार्यालयअन्तर्गत बालबालिका शीर्षकबाट रू तीन लाख बजेटले वडाभित्रका आधारभूत तहमा अध्ययन गर्ने ५०० बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको बाल संरक्षण समितिका सचिव गोविन्द्र भट्टराईले जानकारी दिनुभयो । 

वडाभित्रका जल्लादेवी, साहारादेवी, जनउद्दार, विक्रम आधारभूत विद्यालयम र दिव्यजोति माविमा अध्ययन गर्ने आधारभूत तहका विद्यार्थीले पोशाक पाएका थिए । पोशाक वितरणवाट आर्थिकरूपमा विपन्न विद्यार्थीका अभिभावकलाई राहत मिलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्