
भारतको पुणेमा भारी वर्षाका कारण भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बुधबार पुणेमा भारी वर्षा भएको थियो, जसका कारण धेरै गाउँहरूमा रेड अलर्ट जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
वर्षाका कारण रुख ढलेर ताम्हिनी क्षेत्रमा एक जनाको मृत्यु भएको हो भने पुणे शहरमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
जिल्ला कलेक्टर सुहास दिवसले धेरै ठाउँका विद्यालय बन्द गर्ने आदेश दिएका छन् ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पुणेको अवस्था निकै खराब रहेको बताएका छन् । मानिसका घर डुबानमा परेका छन् ।
मौसम विभागले पुणे शहर र घाट क्षेत्रमा पानी पर्ने चेतावनी जारी गरेको छ।
कोल्हापुर, सतारा र कोंकणको तटीय क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।