२७ जेठ २०८३, बुधबार

पर्सामा सवारी दुर्घटनाः  गत आवमा ५१ जनाको गयो ज्यान

साउन १३, २०८१
पर्सा
पर्सामा सवारी दुर्घटनाः  गत आवमा ५१ जनाको गयो ज्यान

आर्थिक वर्ष २०८०–८१ मा सवारी दुर्घटनामा परेर  पर्सामा ५१ जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, सातामहिला र एकजना बालिकाको ज्यान गएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०–८१ मा एकतिहाइले बढेको बताए । 

आव २०७९–८० मा भने २९ पुरुष, पाँच–पाँचजना महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो । प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए ।

आव २०८०–८१ मा सात सय ९६ र आव २०७९–८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए । –रासस–

salt training

कमेन्ट गर्नुहोस्