२७ जेठ २०८३, बुधबार

सञ्चारमन्त्री गुरुङले गरे निर्माणाधीन मानवसेवा आश्रमको निरीक्षण

साउन १३, २०८१
लमजुङ
सञ्चारमन्त्री गुरुङले गरे निर्माणाधीन मानवसेवा आश्रमको निरीक्षण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङमा निर्माणाधीन मानवसेवा आश्रम भवनको निरीक्षण गरेका छन् ।

बेँसीशहर नगरपालिका–९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रमको आज उनले स्थलगत निरीक्षण गरेका हुन् ।

आश्रमको निरीक्षण गर्दै सञ्चारमन्त्री गुरुङले आफू प्रदेशको मुख्यमन्त्री हुँदा नै आश्रमलाई सक्दो सहयोग गरेको र आगामी दिनमा पनि बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले असहाय, बेवारिसे, दिन दुःखीलाई आश्रय दिएर आश्रमले सराहनीय काम गरेको बताए ।

सो अवसरमा आश्रमकी संयोजक अनिता अधिकारीले सञ्चारमन्त्री गुरुङलाई भाडामा आश्रम सञ्चालन गर्दा समस्या भएको बताएकी थिइन् ।

आश्रमका लागि धेरै संरचना बन्न बाँकी रहेको उनले सञ्चारमन्त्री गुरुङलाई जानकारी दिइन् । 

पहिरो रोकथाम गर्न, पर्खाल टेवा लगाउन, जग्गा सम्याउन र तीनवटा घर निर्माण गर्न रु ६ करोड खर्च भइसकेको संयोजक अधिकारीको भनाइ थियो । विक्रम संवत् २०७८ देखि आश्रम निर्माण थालिएको हो ।

गण्डकी प्रदेश सरकार, पालिका, विभिन्न सङ्घसंस्थाको भवन निर्माण भइरहेको छ ।

आश्रमको भवन निर्माण गर्न ‘बालसपना समाज’ले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ ।

विक्रम संवत् २०७३ चैतदेखि बेँसीशहर नगरपालिका–७ मा घर भाडामा लिएर आश्रम सञ्चालन गरिएको छ । हाल आश्रममा २३ जना रहेका संयोजक अधिकारीले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्