२३ जेठ २०८३, शनिबार

खुकुरी हानेर भान्जीको विभत्स हत्या

कात्तिक २०, २०७४
खुकुरी हानेर भान्जीको विभत्स हत्या
विराटनगर, १० कात्तिक - एक युवकले खुकुरी प्रहार गरी केराबारी गाउँपालिका-६ की एक बालिकाको हत्या गरेका छन्। ३४ वर्षीय भक्तशेर लिम्बूले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी ११ वर्षीया सञ्चिता लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो। भक्तशेर र सञ्चिता साइनोमा मामा-भान्जी हुन्।knife
सञ्चिताको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको बेलबारी इलाका प्रहरीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। पाँचथरको साविक लिम्बा-७ घर भएका भक्तशेर तिहारमा केराबारी-६ स्थित दिदीको घरमा आएका थिए, अन्नपुर्णमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्