![मिस माल्टा नेपाल भ्रमणमा, विमानस्थलमा पञ्चेबाजाले स्वागत गरियो [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/miss_malta_2_Uvh2PUeBSY.jpg)
मिस माल्टा चेरिस स्पिटेरी नेपाल आइपुगेकी छन् । उनी सोमबार बिहान टर्किस एयरलाइन्सको विमानमार्फत् काठमाडौं ओर्लिएकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्डको टोलीले स्वागत गरेको छ ।

उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गरिएको थियो ।
टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा माल्टा फर्किनेछ।

