
आफूलाई ‘धर्मगुरू’ दाबी गर्दै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।
नेताहरूको अशुभ (मृत्यु) कामनासहित अनुष्ठान गरेर सामाजिक सञ्जालमार्फत् लाइभ गरेका उनलाई धुम्बाराहीस्थित मण्डिखाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ ।
चार दिनअगाडि नै उनले नेताहरूको अशुभ कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको बताएका थिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।