०७ साउन २०८३, बिहीबार

सिद्धिचरणको गीतबाट प्रभावित भएर क्रान्तिमा होमिएको थिएँ : प्रधानमन्त्री ओली

साउन १४, २०८१
काठमाडौं
सिद्धिचरणको गीतबाट प्रभावित भएर क्रान्तिमा होमिएको थिएँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताएका छन् । 

युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औं जन्मजयन्ती समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरूको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरू जोसिनु स्वाभाविक रहेको उनको भनाइ थियो ।

'जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरू चम्किनुपर्छ,' उनले भने ।

प्रधानमन्त्री ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रूपमा प्रभावित रहेको उल्लेख गरे । 'उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति  प्रभावित छु,' ओलीले भने, 'उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरू क्रान्तिमा होमिन र शहीद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई शहीद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।'

युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उनको भनाइ थियो ।

युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद रु एक लाखसहित प्रदान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्