०३ असार २०८३, बुधबार

बल्खु पुलमुनि भेटिएको शव बाढीले बगाएर मृत्यु भएका व्यक्तिको भएको पुष्टि

साउन १६, २०८१
काठमाडौं
बल्खु पुलमुनि भेटिएको शव बाढीले बगाएर मृत्यु भएका व्यक्तिको भएको पुष्टि
बल्खु पुलमा बाढी आएको हेर्दै सर्वसाधारणलगायत ।

काठमाडौंको बल्खुस्थित पुलमुनि भेटिएको शव बाढीले बगाएर मृत्यु भएका व्यक्तिको भएको पुष्टि भएको छ ।

नदी किनारमा अड्किएको अवस्थामा भेटिएका सरुप महतोको बाढीले बगाएका कारण मृत्यु भएको पुष्टि भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले लोकान्तरलाई जानकारी दिए ।

यसअघि उनको मृत्यु बाढीले बगाएरै भएको आशंका गरिए पनि पुष्टि हुन सकेको थिएन ।   

बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय महतोको शव बुधवार बिहान फेला परेको थियो । 

लगत्तै उनका आफन्त सम्पर्कमा आएको प्रहरीले जनाएको छ । 

मंगलवार रातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका नदीहरूमा बाढी आएको थियो ।

बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुर लगायतका क्षेत्रबाट प्रहरीले डुबानमा परेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्