०३ असार २०८३, बुधबार

९० प्रतिसत उम्मेदवारको टुंगो लागिसक्यो : प्रचण्ड

कात्तिक २०, २०७४
९० प्रतिसत उम्मेदवारको टुंगो लागिसक्यो :  प्रचण्ड
पोखरा १० कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी गठबन्धनले ९० प्रतिसत उम्मेदवारीमा सहमति जुटिसकेको बताएका छन् । बाँकी १० प्रतिसतमा शुक्रवार राती या शनिवार बिहानसम्ममा सहमति जुटिसक्ने उनले बताए ।

‘तुलनात्मक रुपमा बढो सहज ढंगले पहिलो चरणमा तालमेल सहित उम्मेदवारी दर्ता भएको छ’ कास्कीको पोखरामा प्रेस सेण्टरले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘दोस्रो चरणको लागिपनि ९० प्रतिसत पूरा भएको छ, १० प्रतिसत भोलि सम्ममा सहमति भइसक्छ, म अहिले काठमाडौं गएर बैठकमा जान्छु ।’

प्रचण्डले वामपन्थी गठबन्धनवाट कोहीपनि आत्तिनु नपर्ने बताए । ‘अहिले नै कम्युनिजम् लागू हुने हो कि भनेजस्तोे तरंग देखा परेको छ । कसैले आशंका नगरे हुन्छ, यही संविधान कार्यान्वयन गर्ने हो कम्युनिजम लागू गर्ने होइन’ प्रचण्डले भने ।

उनले तोकिएको समयमै चुनाव हुने भन्दै आश.का गरिरहनु नपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्