२१ जेठ २०८३, बिहीबार

ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीको मृत्यु

कात्तिक २०, २०७४
ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीको मृत्यु

विराटनगर, ११ कात्तिक– विराटनगरस्थित कारागारका एक कैदीको शुक्रबार साँझ मृत्यु भएको छ ।

मोरङको उर्लाबारी–६ बस्ने ५७ वर्षीय टेकबहादुर दर्जीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । यही कात्तिक ७ गतेदेखि श्वासप्रश्वास र मुटुको रोगबाट पीडित उनको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।

उनले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको बताइएको छ । उक्त कारागारमा सो रोगबाट यसअघि पनि कैदी बन्दीको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्