
नर्वेकी राजकुमारी मेट–मेरिटका २७ वर्षीय छोरा पक्राउ परेका छन् । एक महिलामाथि आक्रमण गरेको आशंकामा उनलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।
एक अपार्टमेन्टमा रातभर भएको विवादपछि बिहान ओस्लो ठेगानामा उनीहरूलाई बोलाइएको प्रहरीले बताएको छ । उक्त घटनामा २० वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको र भोलिपल्ट हिरासतबाट रिहा गरिएको प्रहरीले विज्ञप्तिमा बताएको छ ।
शाही परिवारले घटनाप्रति कुनै प्रतिक्रिया दिएको छैन ।