२८ जेठ २०८३, बिहीबार

पाकिस्तानका पूर्वगुप्तचर प्रमुख सैन्य हिरासतमा

साउन २९, २०८१
काठमाडौं
पाकिस्तानका पूर्वगुप्तचर प्रमुख सैन्य हिरासतमा

जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका पाकिस्तानका पूर्वगुप्तचर प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिदलाई सैन्य हिरासतमा लिइएको छ ।

गत वर्ष प्रकाशित सर्वोच्च अदालतको दस्तावेजअनुसार सन् २०२२ डिसेम्बरमा पद त्यागेका हमिदमाथि आफ्नो शक्तिको दुरुपयोग गरेको र निजी आवास डेभलपरको व्यवसायमा छापा मारेको आरोप लगाइएको थियो । त्यसबेला अदालतले डेभलपरलाई आफ्नो उजुरी रक्षा मन्त्रालयमा लैजान आदेश दिएको थियो ।

'पाकिस्तानको सर्वोच्च अदालतको आदेशको पालना गर्दै पाकिस्तानी सेनाले विस्तृत अदालतको छानबिन गरेको थियो । फलस्वरूप, लेफ्टिनेन्ट जनरल फैज हमिद (सेवानिवृत्त) विरुद्ध उपयुक्त अनुशासनात्मक कारबाही शुरू गरिएको छ,' सेनाको मिडिया शाखाले विज्ञप्ति जारी गर्दै भनेको छ । 

विज्ञप्तिमा कोर्ट मार्शलको प्रक्रिया शुरू गरिएको र हमिदलाई सैन्य हिरासतमा राखिएको उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्