२२ असार २०८३, सोमबार

गोरखाको तिब्बत नाका र मनास्लु पदमार्ग क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा

साउन ३०, २०८१
काठमाडौं
गोरखाको तिब्बत नाका र मनास्लु पदमार्ग क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले गोरखाका विभिन्न क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार गरेको छ ।

तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा मोबाइल सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकहरूको अत्यधिक चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रमा भ्वाइस तथा ​डाटा सेवाको विस्तार गरिएको हो । साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार समेत गरिएको कम्पनीले जनाएको छ ।

null

जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दीबास, बिही, प्रोक, नामरुंग, श्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रुइला नाकाको अन्तिम गाउँ साम्दोसम्म कम्पनीले टूजी सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै द्रुत गतिको फोरजी सेवासमेत सञ्चालन गरिएको छ ।

भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरूमा सेवा सञ्चालन गरेसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरू तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्नेछन् भने पर्यटकहरूसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्धार कार्यमा समेत सहजता हुने विश्वास कम्पनीको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्