०७ साउन २०८३, बिहीबार
मौसम पूर्वानुमान

दिउँसो देशभर पानी पर्ने, राति चार प्रदेशमा 'भारी वर्षा'को सम्भावना

साउन ३१, २०८१
काठमाडौं
दिउँसो देशभर पानी पर्ने,  राति चार प्रदेशमा 'भारी वर्षा'को सम्भावना

गएराति पूर्वी नेपालका विभिन्न स्थानमा वर्षा भएको छ । खोटाङको ऐसेलुखर्क, दूधकोसी रबुवाबजार, ओखलढुङ्गाको ओखलढुङ्गा, मानेभन्ज्याङ वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको हो ।

हाल बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्