२२ असार २०८३, सोमबार

विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको आग्रह

साउन ३१, २०८१
काठमाडौं
विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको आग्रह

गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बिहीबार शिष्टाचार भेटघाट गरेका छन् । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री लेखक र राजदूत अलान्सारी नेपाल र कतारबिचको गहिरिँदै गएको सम्बन्धका बारेमा चर्चा भएको थियो ।

भेटमा क्रममा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गरे । 

त्यसका साथै कतारमा रहेका नेपाली कामदारहरूलाई २४ घण्टा नै बिमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरूको राहत र उद्धारमा जोड दिँदै उहाँले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । 

सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतार बिच सहकार्य बढाउनेपर्नेमा समेत मन्त्री लेखकले जोड दिए । 

त्यसैगरी राजदूत अलान्सारील बिपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्