३१ असार २०८३, बुधबार

आजपाले बोलायो केन्द्रीय कमिटीको बैठक

भदौ १, २०८१
काठमाडौं
आजपाले बोलायो केन्द्रीय कमिटीको बैठक

 आम जनता पार्टी (आजपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आउँदो भदौ ११ र १२ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बोलाइएको अध्यक्ष प्रभु साहले जानकारी दिए । 

 दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको भन्दै उनले बैठकमा त्यसबारेमा अगामी कार्ययोजना समेत पेस हुने जानकारी दिए । 

आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने दाबी गरे । बैठकले अब हुने आन्दोलन शसक्त र कडा बनाउने योजना सहित अगाडि बढ्ने बताए । 
बैठकमा आजपाले विगतका दिनमा गरेको बिभिन्न आन्दोलनको बारेमा समिक्षा पनि हुनेछ । आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, वैंकिङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समिक्षा हुने एजेण्डा तय भएको छ । साथै यी आन्दोलनलाई अझै कसरी सशक्त बनाउने र अगामी दिनमा कसरी अगाडि बढाउने भन्ने बारेमा समेत छलफल र योजना बनाउने काम हुने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्