१९ असार २०८३, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

भदौ ४, २०८१
बुटवल
लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभा बैठकमा विश्वासको मत मागेका छन् ।

लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत मागेका हुन् ।

उनी गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरूसँग पनि विश्वासको मत मागेका छन् ।

प्रदेशको समृद्धिको आकांक्षालाई मुर्तरुप दिन सबै दलहरू एक ठाउँमा आउनुपर्ने बताउँदै उनले सबैले विश्वास मत दिनुपर्ने बताए ।

समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य कार्यभार सरकारको भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्