२६ जेठ २०८३, मंगलबार

काठमाडौंसहित देशका धेरै ठाउँमा रातिदेखि वर्षा, दिउँसो देशभर ठूलो पानी पर्ने

भदौ ५, २०८१
काठमाडौं
काठमाडौंसहित देशका धेरै ठाउँमा रातिदेखि वर्षा, दिउँसो देशभर ठूलो पानी पर्ने

गएराति कैलाली र बारालगायत क्षेत्रमा भारी वर्षा भएको छ । कैलालीस्थित कान्द्रा नदी पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । 

यसैगरी बाराको कोल्हबी मापन केन्द्रमा भारी वर्षा मापन भएको मौसम विज्ञान विभागले जनाएको छ । 

यी क्षेत्रका नदी तथा खोलामा बाढीको जोखिम रहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । 

आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । 

कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्