२२ जेठ २०८३, शुक्रबार

संगीत उद्योग संघमा प्रहरीको छापाः उठायो कम्प्युटर र कागजात

भदौ ५, २०८१
काठमाडौं
संगीत उद्योग संघमा प्रहरीको छापाः उठायो कम्प्युटर र कागजात

गैरकलाकारलाई कलाकार बनाएर विदेश पठाउन लागेको आशंका पछि प्रहरीले संगीत उद्योग संघको कार्यालयमा छापा मारेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले बुधबार अपरान्ह अनामनगरस्थित कार्यालयमा छापा मारेको हो ।

प्रहरी पुग्दा कार्यालयमा बन्द थियो । यसपछि प्रहरीले संघका पदाधिकारीलाई बोलाएर उनीहरूकै रोहबरमा कार्यालयबाट कागजपत्र र कम्प्युटरको सीपीयू उठाएर ल्याएको जानकारी ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले दिए । 

उनका अनुसार संघले गैरकलाकारलाई कलाकारको प्रमाणपत्र दिएर विदेश पठाउन लागेको प्रारम्भिक सूचनाका आधारमा अनुसन्धान थालिएको छ । 

‘संगीत उद्योग संघले गैरकलाकारलाई कलाकारको प्रमाणपत्र दिएर विदेश लैजाने गरेको प्रारम्भिक सूचनाका आधारमा हामीले अनुसन्धान प्रक्रिया अगाडि बढाएका हौं,’ उनले भने, ‘संघको कार्यालयबाट केही कागजात र कम्प्युटरको सीपीयू उठाएर ल्याएका छौं । थप अनुसन्धान हुँदैछ ।’ 

उनले अनुसन्धानका क्रममा संघका पदाधिकारीको संलग्नता भेटिए उनीहरूलाई पक्राउ गरेर कानूनी दायरामा ल्याइने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्