२२ असार २०८३, सोमबार

केन्द्रीय समितिमा आरजुको ब्रिफिङ– ‘भारतले निकै महत्त्व दियो, कांग्रेस पार्टीलाई सम्मान गरेजस्तो लाग्यो’

भदौ ७, २०८१
काठमाडौं
केन्द्रीय समितिमा आरजुको ब्रिफिङ– ‘भारतले निकै महत्त्व दियो, कांग्रेस पार्टीलाई सम्मान गरेजस्तो लाग्यो’
फाइल फोटो

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भ्रमणलाई भारतले निकै महत्त्व दिएको बताएकी छिन् ।

भारतमा आफूलाई गरेको व्यवहार कांग्रेस पार्टीलाई गरेको सम्मानको रूपमा बुझेको उनले बताइन ।

शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकलाई आफ्नो भ्रमणबारे जानकारी गराउँदै केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री देउवाले भारतले निकै महत्त्व दिएको बताएकी हुन् ।

‘भारत भ्रमणका क्रममा मैले न्यानो स्वागत पाएँ, यो सम्मान नेपाली कांग्रेस पार्टीलाई गरेको हो जस्तो लाग्छ,’ देउवाले बैठकमा भनिन् ।

भदौ २ देखि ६ गतेसम्म आरजुले भारतको भ्रमण गरेकी थिइन् ।​

प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता भएको उनले जानकारी गराइन् ।

भारतीय अधिकारीहरूसँग पञ्चेश्वर परियोजना कार्यान्वयनलगायत विषयमा छलफल भएको उनले बताइन् । 

भारतले कांग्रेस–एमाले नयाँ समीकरण सरकारप्रति राम्रो रेस्पोन्स गरेको आरजुले बैठकमा ब्रिफिङ गरेको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्