
काठमाडौं, १३ कात्तिक - बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको निसान माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
बुटवलबाट तम्घासका लागि हिँडेको बा ४ ज ५५०१ नम्बरको माइक्रोबस गुल्मी दरबार गाउँपालिका विरबासमा दुर्घटनामा परेको थियो ।
गुल्मीका प्रहरी प्रमुख अनुरागकुमार द्धिबेदीका अनुसार ६ जनाको उपचार भइरहेको छ । गाडिमा चालक सहित १५ यात्रु सवार थिए । गम्भीर घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाउने तयारी भइरहेको उनले बताए । गाडिमा सवार बाँकी दुई जना अझै फेला परेका छैनन् ।
गाडि सडकबाट ३ सय किलोमिटर तल झरेको थियो । दुर्घटनाको कारण समेत पत्ता नलागेको को प्रहरीले जनाएको छ ।