२२ असार २०८३, सोमबार

जसपाले टुङ्ग्यायो पदाधिकारी : महासचिवमा लालबाबु राउत, कसले कुन जिम्मवारी पाए ?

भदौ १०, २०८१
काठमाडौं
जसपाले टुङ्ग्यायो पदाधिकारी : महासचिवमा लालबाबु राउत, कसले कुन जिम्मवारी पाए ?

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी/कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरूको टुङ्गो लगाएको छ ।

हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्यविभाजन गरिएको जसपा नेपालले जनाएको छ । 

कार्यविभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष चुनिएका छन् । यस्तै, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष बनेका छन् ।

महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त भएका छन् भने प्रकाश अधिकारी उपमहासचिव चुनिएका छन् । 

मनिषकुमार सुमन पार्टीको प्रवक्ता बनेको जसपा पार्टी कार्यालयले जनाएको छ । त्यसैगरी, दीपक कार्की र रेखा यादव पनि उपमहासचिव नियुक्त भएका छन् ।

जसपा नेपालको सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा  सुरिताकुमारी साह चुनिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्