
नेकपा (एकीकृत समाजवादी)को पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम आएको छ ।
अन्तिम परिणाम अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशी विजयी भएका छन् ।
महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।
यसैगरी उपमहासचिवमा मेटमणि चौधरीसहित रामकुमार खड्का र गरिमा शाह र राजेन्द्र राई विजयी भएका छन् ।
पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो । मतगणना गएराति शुरू भएको थियो ।



