काठमाडौं १४ कात्तिक– हत्या अभियोगमा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ गरेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो ।
ललितपुरकाे सातदोवाटोस्थित एक आफन्तको कोठामा बसिरहेको अवस्थामा ढुंगेललाई पक्राउ गरिएको सिआईबी स्रोतले लोकान्तरलाई बतायो । पक्राउ परेका ढुंगेललाई सिधै कारागार चलान गर्ने तयारी भइरहेको प्रहरीले बतायो ।
फरार ढुंगेललाई पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्धा परेको थियो । सो रिटमाथि मंगलवारका लागि तोकिएको पेशी स्थगित भएको बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।
सर्वोच्चले जन्मकैदको फैसला गरेपछि पूर्व सांसद समेत रहेका ढुंगेल फरार थिए ।