३० असार २०८३, मंगलबार

गोदावरीका प्रमुख प्रशासकीय अधिकृतसहितको भ्रष्टाचार मुद्दामा अख्तियारको पुनरावेदन

भदौ १४, २०८१
काठमाडौं
गोदावरीका प्रमुख प्रशासकीय अधिकृतसहितको भ्रष्टाचार मुद्दामा अख्तियारको पुनरावेदन

ललितपुरको गोदावरी नगरपालिकामा भएको भ्रष्टाचारमा विशेष अदालतले सफाई दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । 

प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, इन्जिनियर पूर्ण कुँवर, सब–इन्जिनियर नरेन्द्र शाही, ल्याब टेक्निसियन धनबहादुर विष्ट र बाली चन्द्र निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक हरिसिंह विष्टसहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो ।

अख्तियारले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेषले पुस २२ गते दिएको सफाईको फैसलामा असहमति जनाउँदै सर्वोच्चमा पुनरावेदन दायर गरेको जानकारी दिएको हो ।

विशेष अदालतले प्रतिवादीलाई सफाई दिने निर्णय गरेको थियो । अदालतले वेस कोर्स र सब–वेस कोर्सको ग्रेडेसन टेस्टमा त्रुटि रहेको, निर्माण कार्य पूरा भएपछि गरिएको नापजाँचले सही नतिजा दिन नसक्ने र प्रतिवादीहरूले तय गरेको मापदण्डअनुसार काम गरेको भन्दै सफाई दिएको थियो ।

अख्तियारले विशेष अदालतको फैसलालाई त्रुटिपूर्ण ठहर गर्दै नगरपालिकाका सडकहरूको स्थलगत निरीक्षणमा प्रतिवादीहरूले भुक्तानीमा अनियमितता गरेको प्रमाण प्रस्तुत गरिएको जनाइएको छ ।

राम जानकी मन्दिर जाने सडकको गुणस्तर परीक्षणमा पनि प्रतिवादीले नापी किताबअनुसार काम नगरेको र गुणस्तर नपुगेको तथ्य पेश गर्दा पनि अदालतले ध्यान नदिएको अख्तियारको भनाइ छ ।

खेमराज विष्ट र पूर्ण कुँवरले ठेक्काको कार्यादेश बमोजिम काम नगरेको स्पष्ट प्रमाण हुँदाहुँदै पनि अदालतले विश्लेषण नगरी सफाइ दिएको निर्णय त्रुटिपूर्ण रहेको अख्तियारको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्