२२ असार २०८३, सोमबार

प्रचण्ड हारेको काठमाडौं १० बाट बादल चुनाव लड्ने, गणित कसको पक्षमा ?

कात्तिक २०, २०७४
प्रचण्ड हारेको काठमाडौं १० बाट बादल चुनाव लड्ने, गणित कसको पक्षमा ?

काठमाडौं १४ कात्तिक– नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’ काठमाडौं क्षेत्र नम्बर १० बाट चुनाव लड्ने भएका छन् ।

माओवादीका पूर्व महासचिव एवं पूर्व रक्षामन्त्री थापा काठमाडौं १० बाट चुनाव लड्ने पक्का भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत बादललाई काठमाडौं १० बाट विजयी गराउन अपील गरेका छन् ।

प्रचण्ड यही क्षेत्रबाट पहिलो पटक संविधानसभा सदस्य विजयी भएका थिए । दोस्रो संविधानसभामा भने प्रचण्ड सोही क्षेत्रबाट पराजीत भएका थिए ।

पहिलो संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेका थापा यसपटक ललितपुर १ बाट चुनाव लड्ने योजनामा थिए । ललितपुरमा ३ क्षेत्रमध्ये २ मा एमाले र एउटा क्षेत्रमा माओवादीले उम्मेदवार उठाउनेगरी सहमित भएको थियो ।

माओवादीले पाएको क्षेत्र नम्बर ३ बाट प्रवक्ता पम्फा भुसाल उम्मेदवार बन्ने पक्का भएको छ ।
थापाले रोजेको ललितपुर १ बाट एमालेले भर्खरै पार्टी प्रवेश गरेका नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाललाई टिकट दिने तयारी गरेको छ । चितवन २ बाट भने गत संविधानसभा निर्वाचनमा विजयी एमालेका कृष्णभक्त पोखरेल उठ्ने लगभग पक्का भएको छ ।

खेलकुद मन्त्रीसंग प्रतिष्पर्धा
काठमाडौं १० बाट नेपाली कांग्रेसले युवा तथा खेलकुदमन्त्री रहेका राजेन्द्र केसीलाई उठाउने निर्णय गरिसकेको छ । २०७० सालको संविधानसभा चुनावमा केसीले प्रचण्डलाई पराजीत गरेका थिए ।

केसीले २० हजार ३ सय ९२ मत पाएका थिए, भने एमालेका सुरेन्द्र मानन्धरले १३ हजार ६ सय १५ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका प्रचण्डले भने १२ हजार ८ सय २२ मत पाएका थिए ।

पहिलो संविधानसभा चुनावमा प्रचण्डले २३ हजार २ सय ७७ मत प्राप्त गरेर विजयी भएका थिए । केसीले १२ हजार १ सय ५४ मत पाएका थिए । एमालेका सानु कुमार श्रेष्ठले ८ हजार ५ सय ६८ मत प्राप्त गरेका थिए ।

विगतमा नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी चुनाव लडेको यो क्षेत्र वामपन्थी बाहुल्य क्षेत्र हो । काठमाडौंको दक्षिणकाली नगरपालिका, कृर्तीपुर र चन्द्रागिरी नगरपालिकाका केही भूभाग यो निर्वाचन क्षेत्रमा पर्दछन् ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा धेरै मतदाता रहेको कृर्तीपुर नगरपालिकामा एमाले विजयी भएको थियो । दक्षिणकाली र चन्द्रागिरी नगरपालिकामा कांग्रेस विजयी भएको थियो । एमालेले उल्लेख्य मत पाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्