२९ असार २०८३, सोमबार

सिँचाइ व्यवस्थापन डिभिजन ५ मा भ्रष्टाचार प्रकरणः विशेषको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन

भदौ १८, २०८१
काठमाडौं
सिँचाइ व्यवस्थापन डिभिजन ५ मा भ्रष्टाचार प्रकरणः विशेषको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन

पर्साको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नम्बर ५ मा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतबाट भएको फैसलामाथि पुनरावेदन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।  

सो प्रकरणमा मुछिएका मदनमोहन झा र मुरारीप्रसाद आचार्यविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर अख्तियारले मंगलवार सर्वोच्चमा पुनरावेदन गरेको हो ।

झुट्टा बिल बनाई भ्रष्टाचार गरेको मुद्दामा उनीहरूलाई विशेष अदालतले सफाइ दिएको थियो । विशेषले २०८० पुष ५ गते सफाइ दिएकोमा उक्त फैसलाविरुद्ध अख्तियारले पुनरावेदन गरेको प्रवक्ता नरहरि घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

‘नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नम्बर ५, बहुअरी, वीरगञ्जले दोस्रो भुक्तानीमा सम्झौताअनुसार जनश्रमदानबापत १२.०७ प्रतिशत कट्टा गर्नुपर्नेमा १० प्रतिशतका दरले मात्र कट्टा गरिएको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तेस्रो पटक भुक्तानी भएको ५ लाख ६१ हजार ९५० रुपैयाँको जनश्रमदान बापतको काम नै नगरी झुट्टा बिल बनाएर भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो । त्यसैका विरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्