३० असार २०८३, मंगलबार

विमानस्थलबाट १ किलो २६० ग्राम सुन बरामद, भारतीय महिला पक्राउ

भदौ २८, २०८१
काठमाडौं
विमानस्थलबाट १ किलो २६० ग्राम सुन बरामद, भारतीय महिला पक्राउ

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार इलाका (यात्रु जाँच पास)बाट १ किलो २६० ग्राम सुन बरामद भएको छ ।

विमानस्थल भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले शुक्रवार दिउँसो अन्दाजी  १३ः४० बजेतिर उक्त सुन बरामद गरेको हो ।  

आगन्तुकको ब्यागेज चेकजाँच गर्ने क्रममा १ किलो २६० ग्राम (प्याकेज सहित) सुनजस्तो पदार्थ बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

null

उक्त सुनसहित थाई एयरमार्फत् थाइल्यान्डको बैंककबाट आएकी वर्ष ३७ की भारतीय नागरिक सुमित्रादेवी लक्ष्मणरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्ध तरल अवस्थामा ३ वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरेको अवस्थामा सुन बरामद भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

ती भारतीय महिलालाई थप अनुसन्धानका लागि गौशाला प्रहरी वृत्तमा बुझाइएको उनले बताए ।


 

salt training

कमेन्ट गर्नुहोस्