![सहकारीको रकम अपचलनमा रविको संलग्नता देखियो, कारबाही सिफारिस गरेका छौं : समिति सदस्य दाहाल [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Rabi_Lamichhane_5_AHVfLC4aBI.jpg)
संसदीय विशेष छानबिन समितिका सदस्य लेखनाथ दाहालले सहकारीको रकम अपचलनमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता देखिएको भन्दै कारवाही सिफारिस गरेको बताएका छन् ।
सोमबार संसद्लाई प्रतिवेदन बुझाउनुअघि संचारकर्मीसँग कुरा गर्दै दाहालले विभिन्न सहकारीबाट गोरखा मिडियामा जितेन्द्रबाबु राई (जिबी राई)ले भरियाको रूपमा पैसा ल्याएको र त्यो रकम खर्च गर्ने कार्यमा हाल रास्वपा सभापति समेत रहेका रविको संलग्नता देखिएको भन्दै समितिले कारबाही सिफारिस गरेको बताए ।
गोर्खा मिडियामा जीबी राईले भरियाको रूपमा रकम ल्याए पनि रकम खर्च गर्नेमा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको संलग्नता देखिएको बताए । ‘गोर्खा मिडियामा जीबी राईले भरियाको रूपमा रकम ल्याएका छन् । मिडियामा रकम पुगिसकेपछि गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमार्फत् खर्च भएको देखिन्छ,' उनले भने, '१४ महिनाको आर्थिक गतिविधिको जिम्मा रविले लिनुपर्छ । किनकी खातामा उहाँको सही देखिएको छ । तीन जनाको संयुक्त खाता छ । खर्च गरिएको पैसामा रविले एउटाबाहेक सबै चेकमा हस्ताक्षर गर्नुभएको छ ।'
लामिछानेले भने यसअघि आर्थिक अपचलनमा आफ्नो कुनै भूमिका नरहेको दाबी गर्दै आएका थिए । समितिले साढे तीन महिना एक हप्ता काम गरेपछि आज संसद्मा प्रतिवेदन बुझाउन लागेको हो ।
भिडियो