२२ असार २०८३, सोमबार

आजदेखि रास्वपाको राष्ट्रिय भेला

असोज १, २०८१
काठमाडौं
आजदेखि रास्वपाको राष्ट्रिय भेला

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला मंगलबारदेखि सुरु हुन लागेको छ । 
काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा  भेलाको उद्घाटन बिहान ११ बजे हुनेछ। दुई दिनसम्म चल्ने केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

भेलामा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन, पार्टीका निकायका प्रतिवेदनलगायत दस्तावेज पेश हुनेछ।

पार्टीको गत साउन १८ र १९ गते काठमाडौंमा भएको बन्द कार्यशालाले असोजमा राष्ट्रिय भेला र वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो।
 

salt training

कमेन्ट गर्नुहोस्