२१ असार २०८३, आइतबार

भन्सार छलीको ९ लाख बराबरको सामान बरामद

असोज ५, २०८१
कैलाली
भन्सार छलीको ९ लाख बराबरको सामान बरामद
फाइल तस्वीर

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ ।

प्रहरीले आज जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट भन्सार छली गरी ल्याइएका रु नौ लाख एघार हजार एक सय १० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराका अनुसार धनगढीबाट करिब रु पाँच लाख पाँच हजार सात सय ८० बराबरको किराना सामान, तामा पित्तलका भाँडा, मिठाइ, प्याज र प्लास्टिक तथा भजनीबाट रु दुई लाख ३० हजार मूल्य बराबरको प्याज, मोटरसाइकल र चिनी बरामद गरिएको छ ।

टीकापुरबाट रु एक लाख ३२ हजार सात सय ३० बराबरको किरानाका सामान, प्लास्टिकका खेलौना, शृङ्गारका सामान, चिनी र प्याज, गोदावरीबाट रु २६ हजार छ सय बराबरको कपडा र कैलारी गाउँपालिकाबाट रु १६ हजार बराबरको बोइलर कुखुरा बरामद गरिएको उनले जानकारी दिए ।

बरामद गरिएका अवैध मालसामानसहित पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

salt training

कमेन्ट गर्नुहोस्