२४ जेठ २०८३, आइतबार

ललितपुर महानगरको प्राथमिकतामा विपद् व्यवस्थापन, सचेतना अभियान शुभारम्भ [भिडियोसहित]

असोज ९, २०८१
काठमाडौं
ललितपुर महानगरको प्राथमिकतामा विपद् व्यवस्थापन, सचेतना अभियान शुभारम्भ [भिडियोसहित]

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनलाई सम्बोधन गर्न नसके स्मार्ट सिटी हुन नसक्ने बताएका छन् ।

ललितपुर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाद्वारा बुधबार आयोजित आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उनले स्मार्ट सिटी हुनका लागि विपद् व्यवस्थापनका काम चुस्त राख्नुपर्ने बताए । उनले फिलिपिन्सबाट अग्नि नियन्त्रक बोलाएर नगर प्रहरीलाई तालिम दिएको जानकारी गराए ।

उनले भने, 'विश्वमै विपद् व्यवस्थापनमा जापान पहिलो हो, त्यसपछि फिलिपिन्स छ, हामीले फिलिपिन्सबाट अग्नि नियन्त्रकलाई बोलाएर तालिम दिएर सक्षम बनाएका छौं, विपद् प्रतिकार्यमा नेपालका नगरपालिकामध्ये नम्बर एकमा कायम रहन चाहन्छौं ।'

null

विपद्को चार मिनेटभित्रै घटनास्थलमा दमकल पुग्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय विपद्को मान्यतालाई कायम राख्दै काम गर्ने प्रतिबद्धता उनले जनाए ।

उनले भने, 'विपद्का सबै कार्य एउटै छानामुनि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । तसर्थ पुल्चोकको जुद्धबारुण यन्त्रसँगै दमकल, एम्बुलेन्स, बहानलगायतका सामग्रीको व्यवस्थापन गरिएको छ ।'

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जनताको जिउधनको सुरक्षा महानगरको मुख्य जिम्मेवारी रहेको बताइन् । समयमा विपद् व्यवस्थापन गर्न नसक्दा जनधनको धेरै क्षति हुने उनले बताइन् । 

null

उनले भनिन्, 'सानो गल्तीले हुने हानी र अग्निको व्यवस्थापन गर्न नसक्दा धेरै क्षति हुन्छ, अरुबाट पाठ सिकेर त्यही खालका गल्ती नदोहरियोस् भनेर सचेतना अभियान थालेको हो ।'

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले आगलागीबाट हुने घटनाबाट जोगिन हरप्रहर सचेत रहन आग्रह गरे । 

भिडियो :

null

salt training

कमेन्ट गर्नुहोस्