२२ असार २०८३, सोमबार

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

असोज ९, २०८१
काठमाडौं
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ ।

अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले मंगलवार यस्तो अनुमति दिइएको लोकान्तरलाई जानकारी दिए ।

साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई आइतवार दिउँसो भक्तपुरबाट पक्राउ गरेको थियो ।

मेडिकल व्यवसायी प्रसाईं पछिल्लो समय राजसंस्था र हिन्दूराष्ट्र फर्काउने अभियन्ता बनेका थिए । उनी सार्वजनिक ठाउँमा विभिन्न 'अराजक' अभिव्यक्ति दिँदै आएका थिए । यही आधारमा उनीविरुद्ध मुद्दा परेको हो । 

प्रसाईंमाथि थप अनुसन्धानका लागि ५ दिनको म्याद थपिएको बताइएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्